दफा २३क
सजायको मागदाबीमा छुट हुन सक्नेः
यस ऐन बमोजिमको अनुसन्धानको काम कारबाहीमा सहयोग गर्ने अभियुक्तलाई अनुसन्धान अधिकृतले आफ्नो साक्षीको रुपमा प्रस्तुत गरी प्रचलित कानून बमोजिम निजलाई सजायको मागदाबीमा पुर्ण वा आंशिक छुट दिन सक्नेछ।

तर निजले गरेको सहयोग अन्य सबुद वा प्रमाणबाट प्रमाणित नभएमा वा निजले मुद्दा हेर्ने अधिकारी समक्ष अनुसन्धान अधिकारीलाई गरेको सहयोग प्रतिकूल हुने गरी बयान दिएमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज उपर यस ऐन बमोजिमको मागदाबी लिई पुनः मुद्दा दायर गर्न बाधा पर्ने छैन।